ओली–लेखक पक्राउ राजनीतिक होइन शुद्ध कानुनी विषय हो: सांसद न्यौपाने

ओली–लेखक पक्राउ राजनीतिक होइन शुद्ध कानुनी विषय हो: सांसद न्यौपाने

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । रास्वपाका सांसद यज्ञमणि न्यौपानेले केपी शर्मा ओली र रमेश लेखकको पक्राउलाई कानुनी प्रक्रिया भएको बताएका छन्। सञ्चारकर्मीसंग न्यौपानेले यस विषयलाई राजनीतिक मुद्दा बनाउनु उपयुक्त नहुने बताए।

उनका अनुसार जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान सुरु गरिएको र पक्राउ पुर्जी पनि कानुनअनुसार नै जारी गरिएको हो। यस्तो प्रक्रिया न्याय प्रणालीको सामान्य हिस्सा भएको उनले स्पष्ट पारे।

न्यौपानेले कानून व्यक्ति हेरेर होइन, प्रमाण र अवस्थाका आधारमा लागू हुने बताए। त्यसैले जोसुकै भए पनि कानुनको दायरामा समान रूपमा आउनुपर्ने उनको भनाइ छ।

उनले अहिलेको अवस्था अनुसन्धानको चरण मात्र भएको उल्लेख गर्दै अन्तिम निर्णय अदालतले प्रमाणका आधारमा गर्ने बताए।

Logo