काठमाडौं। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसको संस्थापन पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । ठमेलको एक होटलमा करिब २० जना नेता भेला भई समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरिरहेको स्रोतले जनाएको छ । बैठकको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका हुन् ।
छलफलमा शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, मिनेन्द्र रिजाललगायत नेता सहभागी छन् । पूर्वगृहमन्त्री लेखकलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो । उनलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ ।
यसैबीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गरिएको र अहिले अस्पतालमा भर्ना गरिएको दाबी गरिएको छ । घटनाबारे कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेको छैन भने एमालेले विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ ।





























प्रतिक्रिया