काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे आपत्ति जनाउँदै सरकारको कदमलाई “अपरिपक्व निर्णय” को संज्ञा दिएकी छन् ।
उनले संवेदनशील राजनीतिक घटनामा गरिएको यस्तो हतारोपूर्ण निर्णयले दीर्घकालीन असर पार्न सक्ने भन्दै प्रक्रिया र विधिको पालना नभएको खण्डमा लोकतान्त्रिक अभ्यास कमजोर हुने चेतावनी दिएकी छन् ।
भण्डारीका अनुसार जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विस्तृत अध्ययन, कानुनी परीक्षण र संस्थागत परामर्श अनिवार्य हुन्छ । तर ती प्रक्रिया पूरा नगरी गरिएको पक्राउले विधिको शासनप्रति जनविश्वास घटाउन सक्ने उनले उल्लेख गरेकी छन् ।
उनले सरकारलाई संयमता अपनाउन र निर्णय पुनर्विचार गर्न आग्रह गर्दै यस्तो कदमले राजनीतिक अस्थिरता र द्वन्द्वको जोखिम बढ्न सक्ने बताएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “सुशासनलाई मुख्य एजेन्डा बनाएर बनेको सरकारबाट यस्ता निर्णय आउनु गम्भीर विषय हो । लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादाको सम्मान गर्दै यो निर्णय पुनर्विचार गर्नुपर्छ ।”
जेनजी आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिसका आधारमा प्रहरीले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई कटुञ्जेबाट पक्राउ गरेको हो ।































प्रतिक्रिया