देशभर आन्दोलन चर्काउने महेश बस्नेतको चेतावनी

देशभर आन्दोलन चर्काउने महेश बस्नेतको चेतावनी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दमनको बाटो नछाडे देशभर आन्दोलन चर्काउने चेतावनी दिएका छन्। उनले प्रहरी दमन बढ्दै गएमा भोलिबाट देशभरका जिल्ला सदरमुकामहरूमा एकैसाथ सशक्त र प्रतिरोधात्मक प्रदर्शन गर्ने घोषणा चेतावनी दिएका हुन् । बस्नेतले माइतीघर मण्डलामा जारी आन्दोलन निरन्तर रहने र अझ आक्रामक हुने समेत बताएका छन् ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनालाई ‘राजनीतिक प्रतिशोध’ भन्दै तत्काल रिहाइको माग गरेका छन्। बस्नेतले राज्य संयन्त्र दुरुपयोग गरिएको आरोप समेत लगाएका छन् ।

उनले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको दाबी गर्दै के देशलाई गृहयुद्धतर्फ लैजान खोजिएको हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

Logo