ओली र लेखकको गिरफ्तारीमा कांग्रेसले विरोध प्रदर्शन नगर्ने

ओली र लेखकको गिरफ्तारीमा कांग्रेसले विरोध प्रदर्शन नगर्ने

केन्द्रबिन्दु
1.67k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई लिएर तत्काल सडक प्रदर्शन नगर्ने भएको छ।

कांग्रेसले यस प्रकरणलाई राजनीतिक प्रतिशोधको रूपमा लिए तापनि तत्कालै सडक संघर्षमा उत्रनुको साटो कानुनी र राजनीतिक लडाइँ लड्ने रणनीति बनाएको हाे ।

शनिबार बिहान भक्तपुरस्थित निजी निवासबाटै लेखक र ओली पक्राउ परेपछि कांग्रेस वृत्तमा हलचल मच्चिएको थियो। तर, पार्टीका जिम्मेवार नेताहरूले तत्काल उत्तेजित नभई कानुनी प्रक्रियालाई नजिकबाट नियाल्ने बताएका छन्। नेता लेखकले पक्राउ पर्ने क्रममै आफ्नो गिरफ्तारीलाई ‘पूर्वाग्रही र राजनीतिक प्रतिशोध’ भन्दै यसको विरुद्ध कानुनी लडाइँ लड्न आफू तयार रहेको प्रतिक्रिया दिएका थिए।

नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले शनिबार बिहानै दुवै नेतालाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि २०८२ भदौमा भएको ‘जेन-जी आन्दोलन’ दमनका क्रममा फौजदारी लापरवाही गरेको आरोप लगाइएको छ।

गिरफ्तार गरिएका दुवै नेतालाई आइतबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo