काठमाडौं । नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेसँगै नेकपाले पहिलोपटक औपचारिक प्रतिक्रिया दिँदै सरकारलाई शुभकामना संगै सतर्क रहन चेतावनी दिएको छ ।
शनिबार जारी विज्ञप्तिमार्फत नेकपाले जेनजी आन्दोलनसम्बन्धी कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा कानुनी प्रक्रिया, निष्पक्षता र विधिको शासन कुनै हालतमा मिचिन नहुने स्पष्ट सन्देश दिएको हो ।
पार्टीले विशेषगरी पछिल्ला घटनाक्रमलाई संकेत गर्दै कुनै पनि निर्णय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भए त्यसले देशलाई फेरि द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिएको छ । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेसंगै नेकपाले विज्ञप्ती निकालेर सो कुरा बताएको हो ।
यद्यपि नेकपाले बालेनलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै नयाँ सरकारबाट लोकतन्त्र, स्थायित्व र शान्ति कायम रहने अपेक्षा पनि व्यक्त गरेको छ ।
गणेशमान पुनद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेकपाले कानुनी राज्यमा निष्पक्ष र विधिसम्वत् रुपमा शासन चल्नुपर्ने उल्लेख गरेको छ ।































प्रतिक्रिया