काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउबारे सरकारसँग स्पष्टीकरण माग गरेको छ। बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले ‘किन पक्राउ गरियो?’ भन्ने कारण पेश गर्न आदेश दिएको हो।
तर, अदालतले तत्काल रिहा गर्न भने अस्वीकार गरेको छ। यसको अर्थ, दुवै जनालाई केही समय हिरासतमा राखेर अनुसन्धान जारी राख्न सकिनेछ।
ओली र लेखकका परिवारले पक्राउ गैरकानुनी भएको दाबी गर्दै छुट्टाछुट्टै रिट दायर गरेका थिए। सरकारका तर्फबाट भने कार्की आयोगको सिफारिसका आधारमा अनुसन्धान आवश्यक रहेको जिकिर गरिएको छ।
अब यो मुद्दा संयुक्त इजलासमा प्रवेश गर्नेछ, जहाँ अन्तिम निर्णयतर्फ प्रक्रिया अघि बढ्नेछ।





























प्रतिक्रिया