काठमाडौं । उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
कानूनका विद्यार्थी विवेक चौधरीले उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै निवेदन दर्ता गरेका हुन्। निवेदनमा उच्च अदालतले फैसला गर्दा सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्तको पालना नगरेको आरोप लगाइएको छ।
नगर प्रहरी तथा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने निर्णयविरुद्ध दायर रिट उच्च अदालतले खारेज गरेको विषयलाई लिएर उक्त मुद्दा दर्ता गरिएको हो। निवेदनको पेसी चैत १८ गतेका लागि तोकिएको छ।































प्रतिक्रिया