काठमाडौं। प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु हुनुअघि प्रतिपक्षी दलका सांसदहरूले सदनमा आफ्नो भूमिका स्पष्ट पारेका छन्। उनीहरूले सरकारका कामको मूल्याङ्कन गर्दै आवश्यक परे समर्थन र आवश्यक परे विरोध गर्ने बताएका छन्।
एमालेका सांसद सुहाङ नेम्वाङले सत्ता–प्रतिपक्षभन्दा पनि कामको आधारमा धारणा बनाइने बताए। उनका अनुसार राम्रो काममा समर्थन र कमजोरीमा आलोचना गर्ने नीति लिइनेछ।
नेपाली कांग्रेसका सांसद भरत खड्काले विगतका कमजोरी स्वीकार्दै अब पार्टीले आफ्नो भूमिका सुधार गर्ने संकेत दिए। उनले मतदाताबाट आएको सन्देशलाई ध्यानमा राखेर संसद्मा प्रस्तुत हुने बताए।
नेकपा (कम्युनिष्ट)का सांसद युवराज दुलालले विधिको शासन, सुशासन, रोजगारी र किसानका मुद्दा प्राथमिकतामा रहने बताए। उनले संविधान संशोधनलगायत विषय पनि उठाउने बताएका छन्।
यसैबीच पूर्वमहासचिव भरतराज गौतमले संसद्ले आर्थिक विकास र गरिबी न्यूनीकरणका एजेन्डामा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।
प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक बस्न लागेको अधिवेशनबाट कानुन निर्माण, नीति बहस र सरकारको कामको निगरानी हुने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया