आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमै तीन अध्यादेश पेश हुँदै

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमै तीन अध्यादेश पेश हुँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक बोलाइएको छ।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक तयारी पूरा भइसकेको छ।

आजको बैठकमा तीन वटा अध्यादेश पेश हुने कार्यसूची छ। गृहमन्त्रीले मतदाता नामावली संशोधन, प्रतिनिधिसभा सदस्य निर्वाचन संशोधन र नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश पेश गर्नेछन्।

बैठकको सुरुवातमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र नयाँ सरकार गठनसम्बन्धी विवरण पढेर सुनाइनेछ। त्यस्तै, प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म पुरानै नियमावली अनुसार काम अगाडि बढाउने प्रस्ताव पनि पेश हुनेछ।

सदस्यहरूको मनोनयन, दलगत धारणा राख्ने कार्यक्रम र सभामुख चयनका लागि मिति तय गर्ने कार्यसूची पनि आजकै बैठकमा रहनेछ।

बैठकको अन्त्यमा केही पूर्व सांसदहरूको निधनप्रति शोक प्रस्ताव पेश गरिनेछ।

Skip This
Skip This
Logo