इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प,सुनामी आउने चेतावनी

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प,सुनामी आउने चेतावनी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । इन्डोनेसियाको मोलुका टापु केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुरुमा यसको तीव्रता ७.८ म्याग्निच्युड मापन गरिएको थियो।

भूकम्प बिहीबार बिहान ६:४८ बजे स्थानीय समयअनुसार गएको हो। केन्द्रविन्दु टर्नेट सहरबाट करिब १२० किलोमिटर टाढा रहेको बताइएको छ।

भूकम्पपछि इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा सुनामीको सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। हवाईस्थित सुनामी चेतावनी केन्द्रले जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन निर्देशन दिएको छ।

धक्का जापानसम्म महसुस गरिएको छ भने जापानी मौसम विज्ञान एजेन्सीले पनि समुद्री सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी जारी गरेको छ।

अहिलेसम्म मानवीय क्षति र प्रभावबारे विस्तृत विवरण आउन बाँकी छ।

Skip This
Skip This
Logo