काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमै सर्वसाधारणका गुनासा प्रत्यक्ष रूपमा सुन्ने पहल गरेका छन्। गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना समस्या र पीडा मन्त्रीसमक्ष राखेका हुन्।
कार्यक्रममा धेरै नागरिकले न्याय पाउन अझै कठिन रहेको गुनासो गरेका छन्। उनीहरूले पहुँच र शक्तिको आधारमा अन्याय हुने अवस्था कायम रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
गुनासा राख्ने क्रममा सहभागीहरूले मन्त्रीसँग प्रत्यक्ष भेट्न पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना अनुभवसमेत साझा गरेका थिए।
गृहमन्त्री गुरुङले नागरिकका समस्या गम्भीरतापूर्वक सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै राज्यको सेवा सबै नागरिकसम्म पुग्ने गरी काम गर्ने बताएका छन्।































प्रतिक्रिया