संसदमा मलाई १ घण्टा ७ मिनेट बोल्न मन छ: अध्यक्ष हर्क साम्पाङ

संसदमा मलाई १ घण्टा ७ मिनेट बोल्न मन छ: अध्यक्ष हर्क साम्पाङ

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। श्रम संकृती पार्टीका अध्यक्ष हर्क संसदमा ७ मिनेटमात्र नभएर १ घण्टा ७ मिनेट बोल्न पाउनुपर्ने माग गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमा फेशबुक मार्फत सात मिनेट मात्रै बोल्न दिने भनिएको विषयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले सात मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन भएको उल्लेख गर्दै देशको स्वाधीनता, सम्प्रभुता तथा नेपाली जनताको पीडा, विकास र आकांक्षाका विषयमा विस्तृत रूपमा धारणा राख्न चाहेको बताएका छन्।

साम्पाङले आफ्नो अभिव्यक्तिमा देश र जनताको मुद्दा उठाउन समय सीमाले बाधा पुर्‍याएको संकेत गरेका छन् ।

Skip This
Skip This
Logo