काठमाडौँ । निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि नेकपाले आन्तरिक समीक्षा सुरु गरेको छ। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा कार्यसंयोजन समितिको बैठक बस्दै चुनावी प्रदर्शन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ।
पार्टी स्रोतका अनुसार बैठकमा १६५ वटै निर्वाचन क्षेत्रको रिपोर्ट विश्लेषण गर्ने र आगामी रणनीति तय गर्ने विषय प्राथमिकतामा छन्। निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी १७ सिटमा सीमित भएपछि पार्टीभित्र समीक्षा प्रक्रिया अघि बढाइएको हो।
यसअघि तेस्रो शक्ति रहँदै आएको पार्टी यसपटक चौथो स्थानमा झरेपछि नेतृत्व तह दबाबमा देखिएको छ। विभिन्न घटक मिलेर बनेको नेकपाले पहिलोपटक कार्यसंयोजन समितिको बैठकमार्फत समन्वय र रणनीति मिलाउने प्रयास गरिरहेको छ।
बैठकबाट आगामी राजनीतिक दिशा र संगठनात्मक पुनर्संरचना सम्बन्धी निर्णयहरू आउने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया