आउनै नपर्ने अचम्मको मान्छे आए, संसदमा पक्ष विपक्ष भन्दानि निष्पक्ष भुमिका हुन्छ: महावीर पुन

आउनै नपर्ने अचम्मको मान्छे आए, संसदमा पक्ष विपक्ष भन्दानि निष्पक्ष भुमिका हुन्छ: महावीर पुन

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफूलाई “अचम्मको सांसद” भन्दै संसदमा आफ्नो भूमिका पक्ष–विपक्षभन्दा माथि रहने स्पष्ट पारेका छन्।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले आफू “आउनै नपर्ने मान्छे” भए पनि परिस्थितिका कारण संसदसम्म आइपुगेको टिप्पणी गरे। उनले आफ्नो बोल्ने र काम गर्ने शैली फरक भएको भन्दै आफू धेरैसँग नजोडिने तर निष्पक्ष रूपमा अघि बढ्ने बताएका छन्।

संसदमा आफ्नो भूमिकाबारे उनले भने, “मेरो भूमिका पक्ष–विपक्षभन्दा पनि निष्पक्ष हुनेछ।” उनले समाजसेवाको भावना लिएर नै संसदमा आएको र त्यही रूपमा काम गर्ने बताए।

त्यसैगरी, उनले शिक्षा मन्त्री हुँदा देशको शिक्षा क्षेत्रमा देखिएका विकृति र समस्याबारे अनुभव सुनाउँदै सुधारका प्रयासहरू गरेको पनि बताए। उनका अनुसार विद्यालय, कलेज र विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप घटाएर शैक्षिक वातावरण सुधार्ने उद्देश्यले विधेयक र नियमावलीका मस्यौदा तयार गरिएको थियो।

तर तत्कालीन परिस्थितिका कारण ती सुधार अघि बढाउन नसकिएको उनले उल्लेख गरे। उनले हाल ती मस्यौदाहरू प्रधानमन्त्रीको शिक्षा हेर्ने टिमलाई हस्तान्तरण गरिएको पनि जानकारी दिए।

पुनले अन्त्यमा आफूलाई चुनाव लड्नै नपर्ने र नचाहिने व्यक्ति भए पनि परिस्थितिले संसदसम्म ल्याएको दोहोर्‍याउँदै अब निष्पक्ष रूपमा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

Logo