जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार जनताका अपेक्षाअनुसार काम गर्दै मुलुकको समृद्धि र सुशासनमा केन्द्रित हुनुपर्ने सुझाव दिए। उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्नेमा पनि जोड दिए।

शाहीले प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार शासन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै जनताको आशा र भरोसा कमजोर हुन नदिई अझ मजबुत बनाउनुपर्ने बताए। उनले देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा अपेक्षित सुधार हुन नसकेको टिप्पणी गरे।

उनले सबै प्रकारका भ्रष्टाचारका फाइल खोलिनुपर्ने र राज्य संयन्त्रलाई पारदर्शी बनाउनुपर्ने मागसमेत राखे। साथै, निर्मला पन्त र इनिशा विकजस्ता घटनाका पीडितले समयमै न्याय पाउनुपर्नेमा जोड दिए।

शाहीले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै गैरआवासीय नेपाली (एनआरएनए)लाई नागरिकता दिनुपर्ने माग पनि उठाए। उनले कर्णाली प्रदेश लगायत दुर्गम क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए।

यसैबीच, स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्नेमा जोड दिएका छन्। उनले हाल सञ्चालनमा रहेका १८ वटा विश्वविद्यालयलाई शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने बताए।

पुनले विज्ञान र प्रविधिको विकासबिना देश आर्थिक रूपमा अघि बढ्न नसक्ने उल्लेख गर्दै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे। उनले शिक्षा नियमावलीमा सुधार आवश्यक रहेको र विद्यालय तथा सीटीईभीटी जस्ता निकायमा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने बताए।

Skip This
Skip This
Logo