सभामुख पदका लागि आज मनोनयन दर्ता

सभामुख पदका लागि आज मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ ।

सत्तारुढ रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संसद् सचिवालय, सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

दिउँसो २:३० बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ । दर्ता भएका प्रस्तावहरू आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिनेछ, जहाँ प्रस्तावक र समर्थकले समर्थन जनाउने तथा छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनेछ ।

यसैबीच, राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन भने चैत २३ गते हुने तय गरिएको छ ।

Skip This
Skip This
Logo