सभामुखमा डीपी अर्यालले गरे मनोनयन दर्ता

सभामुखमा डीपी अर्यालले गरे मनोनयन दर्ता

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।

सत्तारुढ दलको बलियो बहुमतका कारण अर्याल निर्विरोध चयन हुने सम्भावना देखिएको छ । अन्य दलबाट उम्मेदवारी पर्ने सम्भावना न्यून रहेको बताइएको छ ।

रास्वपा संसदीय दलले यसअघि नै अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो २ : ३० बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन हुनेछ भने आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्ताव र समर्थनपछि निर्णय प्रक्रियामा लैजाने तयारी छ ।

Logo