काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।
सत्तापक्षसँग संसद्मा सुविधाजनक अंक रहेकाले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो । सभामुखको निर्वाचनका लागि आज दिउँसो २ सम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
यता सत्तापक्ष रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने गरी मनोनयन दर्ता गरिसकेको छ । विपक्षी सबै दल मिल्दा पनि अर्याल नै सभामुख अर्यालले नै जित्ने संसद्को अंकगणित छ ।





























प्रतिक्रिया