काठमाडौँ । नेपाली कांग्रेसले सभामुख पदको प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभामा सभामुखका लागि सत्तारुढ दल रास्वपाबाट डीपी अर्याल उम्मेदवार बनेका छन् । तर कांग्रेसले सभामुखमा उम्मेदवारी नदिई उपसभामुख पदमा दाबी गर्ने रणनीति अघि सारेको हो ।
कांग्रेसका अनुसार सभामुख पद तटस्थ हुनुपर्ने भएकाले सत्तापक्षको उम्मेदवारलाई समर्थन गर्ने र प्रतिपक्षको भागमा पर्ने उपसभामुखमा दाबी गर्ने तयारी गरिएको छ ।
सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ भने अन्तिम सूची दिउँसो २:३० बजे सार्वजनिक गरिनेछ । निर्वाचन आइतबार हुने तय गरिएको छ ।





























प्रतिक्रिया