गृहमन्त्री गुरुङको एक्सन: सात दिनमा समातिए सात भिआइपी !

गृहमन्त्री गुरुङको एक्सन: सात दिनमा समातिए सात भिआइपी !

केन्द्रबिन्दु
7.88k
Shares

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पद सम्हालेको एक सातामै गृह मन्त्रालयबाट कडा कारबाही र पक्राउ अभियान तीव्र बनाएका छन् ।

चैत १३ गते जिम्मेवारी सम्हालेपछि गुरुङले जेनजी आन्दोलन सम्बन्धी छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै विभिन्न मुद्दामा जोडिएका व्यक्तिहरूलाई पक्राउ गर्न थालेका हुन् । त्यसक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनीहरूमाथि छानबिन प्रक्रिया अघि बढाइएको बताइएको छ ।

त्यस्तै, पूर्वऊर्जामन्त्री दीपक खड्का, एमाले नेतृ रेखा शर्मा, एमाले नेता कर्णबहादुर मल्ल, पूर्वसिडिओ छविलाल रिजाल र व्यवसायी दीपक भट्ट पनि विभिन्न मुद्दामा पक्राउ परेका छन् ।

सरकारी निकायहरूमा बिचौलियाविरुद्ध पनि अभियान चलाइएको छ । यातायात र मालपोत कार्यालयबाट दर्जनौं बिचौलिया नियन्त्रणमा लिइएको जनाइएको छ ।

Skip This
Skip This
Logo