बादलमा लाग्यो घेरा

बादलमा लाग्यो घेरा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसदमा दिएको अभिव्यक्तिलाई

लिएर असन्तुष्टि देखिएको छ भने पार्टी ऐन र हिजो बसेको बैठकले घेराबन्दी गरिदिएको छ । बैठकले पार्टीको मूल्य–मान्यताविपरीत ठहर गर्दै औपचारिक रूपमा सच्याएको छ।

शुक्रबार करिब ६ घण्टा चलेको सचिवालय बैठकले बादलको अभिव्यक्ति त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै पार्टीको नेपाली सेना, प्रहरी, कर्मचारी तथा अन्तर्राष्ट्रिय निकायसँग सधैंझैं मित्रवत् सम्बन्ध रहेको स्पष्ट पारेको हो।

महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत बादलको धारणा ‘करेक्सन’ गरिएको जानकारी दिएका छन्। बैठकले संसदमा उनको अभिव्यक्ति लोकतान्त्रिक मूल्य र पार्टीको मूल एजेन्डाविपरीत गएको ठहर गरेको छ।

एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई पनि दिएको छ भने संसदीय दल नेताको निर्वाचनमा पार्टीको कुनै हस्तक्षेप नभएको दाबी गर्दै अनावश्यक टिप्पणी नगर्न आफ्ना नेता–कार्यकर्तालाई आग्रह गरेको छ।

Logo