काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले वृद्धाश्रमको अवस्था सुधार गर्दै त्यसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
मन्त्री वादीले वृद्धाश्रम सुधारलाई सरकारले प्राथमिकतामा राख्ने बताउँदै आवश्यक सबै पहल अघि बढाइने स्पष्ट पारेकी छिन्।
पशुपति वृद्धाश्रममा स्वयंसेवकका रूपमा काम गरेको अनुभव स्मरण गर्दै उनले त्यो अनुभवले सेवा र मानवताको वास्तविक अर्थ सिकाएको बताइन्। त्यसै अनुभवले आज मन्त्रीको जिम्मेवारीसम्म पुर्याएको उनको भनाइ छ।
उनका अनुसार वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको जीवनस्तर सुधार, सुरक्षा सुनिश्चितता र सम्मानजनक वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध छ।
मन्त्री वादीले वृद्धाश्रमलाई केवल आश्रयस्थल होइन, सम्मान र आत्मसम्मानसहितको जीवनयापन हुने स्थान बनाउनुपर्नेमा जोड दिएकी छिन्।

सरकारले यस क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत तथा व्यावहारिक सुधारका कदम चाल्ने तयारी रहेको पनि उनले संकेत गरेकी छिन्।































प्रतिक्रिया