अनुहार मात्रै धोएर स्वस्थ रहन सकिँदैन, नेपालमा दुईटा नेपाल छन् : हर्क साम्पाङ

अनुहार मात्रै धोएर स्वस्थ रहन सकिँदैन, नेपालमा दुईटा नेपाल छन् : हर्क साम्पाङ

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत असमान विकास र सामाजिक चेतनाबारे धारणा सार्वजनिक गरेका छन्। उनले नेपालभित्रै दुई फरक वास्तविकता रहेको उल्लेख गर्दै एउटा काठमाडौं उपत्यकाभित्रको र अर्को उपत्यकाबाहिरको नेपाल भएको बताएका छन्। आफू उपत्यकाबाहिरको नेपालबाट आएको उल्लेख गर्दै उनले विकास, राजनीति र सेवा–सुविधाको दृष्टिले यी दुईबीच ठूलो खाडल रहेको बताएका छन्। यही असमानतालाई अन्त्य गर्दै सबैका लागि समान अवसर भएको एउटै नेपाल निर्माण गर्ने आफ्नो अभियान रहेको उनले जनाएका छन्।

यससँगै उनले अर्को स्टाटसमार्फत व्यक्तिगत समृद्धि र सामूहिक समृद्धिबीचको अन्तरसम्बन्धबारे पनि धारणा राखेका छन्। “जब तिमी आफू मात्रै धनी बन्न खोज्छौ, अरूबाट असुरक्षित बन्छौ। जब तिमी समाजलाई धनी बनाउन खोज्छौ, तब मात्रै सुरक्षित रहन्छौ,” भन्ने सन्देश दिँदै उनले सामूहिक उन्नतिको आवश्यकतामा जोड दिएका छन्।

यस्तै, वातावरणीय चेतनाबारे पनि उनले स्पष्ट धारणा राख्दै बाह्य सरसफाइभन्दा समग्र वातावरण स्वच्छ हुनुपर्नेमा जोड दिएका छन्। “वातावरण स्वच्छ नबनाई आफ्नो अनुहार मात्रै धोएर स्वस्थ रहन सकिँदैन,” भन्दै उनले समाज र प्रकृतिसँग सन्तुलन कायम गर्दै विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनका यी धारणा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्।

Skip This
Skip This
Logo