काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
शुक्रबार मनोनयन दर्ता प्रक्रियामा अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएको हो । आजको बैठकले औपचारिक रूपमा उनको निर्वाचन प्रक्रिया सम्पन्न भएको जनाएको छ ।
संसद् नियमावलीअनुसार एक जनामात्र उम्मेदवारी परेमा समर्थक सदस्यको अभिव्यक्ति पछि अध्यक्षता गर्ने व्यक्तिले निर्विरोध निर्वाचित घोषणा गर्ने व्यवस्था छ ।
सभामुख चयनसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने प्रावधान छ ।





























प्रतिक्रिया