सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन् ।

त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।

Skip This
Skip This
Logo