सरकारको निर्णयप्रति हर्क साम्पाङले भने- ‘कोठे निर्णय नगर, संसद् छोडेर ऋण लिने चलन बन्द गर’

सरकारको निर्णयप्रति हर्क साम्पाङले भने- ‘कोठे निर्णय नगर, संसद् छोडेर ऋण लिने चलन बन्द गर’

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । श्रम संस्कृती पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारको निर्णय प्रक्रियामाथि कडा प्रश्न उठाएका छन्। उनले संसद् छल्दै ‘कोठे बैठक’बाट ऋण लिने निर्णय भएकोप्रति आपत्ति जनाउँदै यस्तो अभ्यासले लोकतन्त्र कमजोर बनाउने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले भनेका छन्, “सदनमा नल्याई कोठे बैठकबाटै ऋण लिने निर्णय गरिन्छ भने भोलि अन्य सन्धि–सम्झौताहरू पनि यस्तै तरिकाले पास गरिने खतरा छ ।” उनले यस्तो प्रवृत्तिलाई तुरुन्त अन्त्य गर्नुपर्ने माग गरेका छन्।

उनका अनुसार राज्यका महत्वपूर्ण निर्णयहरू बन्द कोठामा होइन, खुला बहसमार्फत हुनुपर्छ। “तीन करोड नेपालीले हेर्ने संसद्मा बहस गरेर पारदर्शी निर्णय गरौँ,” भन्दै उनले जनप्रतिनिधिहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

साम्पाङले जनमतलाई ‘मनलाग्दी गर्ने लाइसेन्स’का रूपमा प्रयोग नगर्न पनि चेतावनी दिएका छन्। “जनताले दिएको अधिकारको दुरुपयोग भयो भने त्यसको मूल्य चुकाउनुपर्छ,” भन्ने सन्देश उनले दिएका छन्।

सरकारको पछिल्लो निर्णय शैलीप्रति सार्वजनिक रूपमा आलोचना बढिरहेका बेला साम्पाङको अभिव्यक्तिले राजनीतिक वृत्तमा थप तरंग पैदा गरेको छ ।

Skip This
Skip This
Logo