रास्वपालाई महावीरले भने-नेपाली भाईरस चाप्लुसी र चाकरीबाट टाढा रहनुहोस्

रास्वपालाई महावीरले भने-नेपाली भाईरस चाप्लुसी र चाकरीबाट टाढा रहनुहोस्

केन्द्रबिन्दु
3.36k
Shares

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नयाँ राजनीतिक दलका नेताहरूलाई चाप्लुसी र चाकरीको प्रभावबाट सजग रहन आग्रह गरेका छन्। सामाजिक सञ्जालमा उनले चाप्लुसी गर्ने प्रवृत्तिलाई “नेपाली भाइरस” भन्दै कडा टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो प्रवृत्तिले नेताहरूलाई गलत निर्णयतर्फ लैजान सक्छ ।

पुनले विशेषगरी रास्वपा लगायतका नयाँ दलका नेताहरूलाई लक्षित गर्दै आफ्ना कार्यकर्ता र वरपरका मानिसहरूको चाप्लुसीमा नफस्न चेतावनी दिएका छन्। उनले लेखेका छन्, “लोभी–पापीहरूले सुरुमा चाप्लुसी गर्छन्, पछि चाकरी गर्छन् र अन्त्यमा आफ्नो स्वार्थ पूरा गर्छन्।” पुनका अनुसार यस्तो प्रवृत्तिले नेताहरूलाई मात्र होइन, समग्र राजनीतिक संस्कारलाई नै कमजोर बनाउँछ।

पुराना दलहरूलाई यस्तो सन्देशको अर्थ नहुने भन्दै उनले नयाँ शक्तिहरूलाई भने अझ सचेत र सजग रहन सुझाव दिएका छन्।

Logo