काठमाडौं । फेवाताल किनारको जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङ आफै ठगिएको दाबी गरेका छन् । अतिक्रमण नियन्त्रण अभियान चलाइरहेका बेला आफूले लिजमा लिएको जग्गा पनि विवादित क्षेत्रमा परेको खुलेपछि उनी कानुनी उपचारमा जाने भएका हुन्।
गुरुङसहितका ३ जना साझेदारले करिब ८–१० वर्षअघि फेवाताल किनारमा साहसिक पर्यटन परियोजना सञ्चालन गर्ने उद्देश्यले जग्गा लिजमा लिएको बताएका छन् । तर पछि सो जग्गा ६५ मिटर मापदण्डभित्र पर्ने अतिक्रमित क्षेत्रमै परेको जानकारी थाह पाएपछी काम स्थगित गरिएको मन्त्री गुरुङको दाबी छ ।
गुरुङका अनुसार जग्गाधनीहरूले लालपुर्जा सुरक्षित रहेको र मापदण्डभित्र नपर्ने भन्दै झुक्याएर लिजमा दिएका थिए । पछि नगरपालिकाबाट बुझ्दा जग्गा अतिक्रमण क्षेत्रमा परेको थाहा भएपछि सबै निर्माण कार्य रोकिएको हो ।
“हामीलाई झुक्याएर ठगी गरिएको हो,” उनले भनेका छन्। साथै, आफूहरूलाई परेको क्षति र अन्यायविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी भएको समेत गुरुङले बताएका छन् ।
उनका अनुसार, यो विषयलाई व्यक्तिगत तथा व्यावसायिक ठगीको रूपमा लिएर कानुनी रूपमा समाधान खोजिनेछ ।































प्रतिक्रिया