काठमाडौं। सर्वदलीय बैठकमा नेकपा एमालेलाई सरकारले अबरोध गरे प्रतिवादमा उत्रिने चेतावनी दिइएको छ। विधिको शासन र नागरिक अधिकारमा हस्तक्षेप भए एमाले चुप लागेर नबस्ने बैठकपछि नेता गुरु बरालले बताए । बरालले सरकारको भूमिकामाथि निगरानी कडा बनाउने बनाउने भन्दै कानुन उल्लंघन र संविधानप्रदत्त अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप सह्य नहुने चेतावनी दिए।
बरालले भने, “सरकारले कुनै पनि ढंगले विघ्नबाधा ल्यायो भने हामी शसक्त प्रतिवाद गर्छौं।” उनका अनुसार एमालेले विशेषगरी मौलिक अधिकार, राजनीतिक स्वतन्त्रता र समानताको हकको कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने भन्दै खबरदारी गरेको छ।































प्रतिक्रिया