काठमाडौं। आज जनआन्दोलन दिवस मनाइँदै छ, जसले नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको ऐतिहासिक दिनको सम्झना गराउँछ।
वि.सं. २०४६ साल चैत २६ गते ३० वर्षसम्म चलेको पञ्चायती शासनको अन्त्य भएर बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापित भएको थियो। यो परिवर्तन नेपाली कांग्रेस र वाममोर्चाको संयुक्त आन्दोलनबाट सम्भव भएको हो।
करिब ५० दिनसम्म चलेको जनआन्दोलनको नेतृत्व गणेशमान सिंहले गरेका थिए। आन्दोलन २०४६ फागुन ७ गतेबाट सुरु भएको थियो, जुन २००७ सालमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सुरु गरिएको थियो।
आन्दोलनको दबाबपछि तत्कालीन राजा वीरेन्द्रले चैत २६ गते देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए।
यस दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै छ।





























प्रतिक्रिया