काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्न प्रहरीले पाएको म्याद आज सकिँदैछ।
सर्वोच्च अदालतले थप म्याद नलिन आदेश दिएकाले आजै उनीहरू रिहा हुन सक्ने सम्भावना देखिएको छ। तर, प्रहरीले आजै अनुसन्धान सकाएर मुद्दा अदालतमा दर्ता गर्यो भने भने अवस्था फरक हुन सक्छ।
यदि मुद्दा दर्ता भएर थुनछेक बहस सुरु भयो भने उनीहरू तत्काल छुट्ने छैनन्। त्यसपछि अदालतले थुनामा राख्ने, धरौटीमा छोड्ने वा तारेखमा रिहा गर्ने निर्णय गर्नेछ।
जिल्ला अदालत काठमाडौंले तेस्रोपटक दिएको ५ दिनको म्याद आज सकिँदै हो। ओली र लेखकलाई १४ चैतमा पक्राउ गरिएको थियो।





























प्रतिक्रिया