केपी ओलीको छतमा उपराष्ट्रपति पुन

केपी ओलीको छतमा उपराष्ट्रपति पुन

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति नन्दबहादुर पुन ५ माघको विहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे । मुलुकको बरियतामा दुई नम्बरमा पर्ने पुन एमाले अध्यक्ष ओली निवासको छतमा किन देखिए त ? उपराष्ट्रपति कार्यालयका अनुसार उनी ओलीको स्वास्थ्य बुझ्न गएको भनिएपनि राजनीतिकबृत्तमा यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

पुन–ओलीवीच समसामयिक राजीतिक विषयमा कुराकानी भएको बताइए पनि खासमा उपराष्ट्रपति राजनीतिक ‘लबिङ’ कालागी बालकोट पुगेको विश्लेषकहरुको दावी रहेको छ । उपराष्ट्रपति पुनले आफू यसै पदमा दोहोरिन चाहेको संदेश नेताहरुलाई केही समयअघि देखि नै दिंदै आएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली समेत वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोहोर्‍याउने पक्षमा सकारात्मक रहेको स्रोतको दावी रहेको छ । राष्ट्रपति भण्डारीले केही दिन अघि मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारका लागि डिनर पार्टी आयोजना गरेकी थिइन् ।

त्यसैगरी राष्ट्रपतिले अन्य केही भोजको आयोजना गरेर विभिन्न शक्तिशाली नेताहरुलाई आफू सोही पदमा दोहोरिन चाहेको वताउँदै आएकि छन् । राष्ट्रपतिले आयोजना गरेका केही भोजमा उपराष्ट्रपति पुन समेत सहभागी भएका छन् ।

Skip This
Logo