काठमाडौं । गण्डकी प्रदेश मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने भएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमाले र कांग्रेस गठबन्धनको सरकारमा रहेका सबैजसो मन्त्री फेरबदल गर्न लागेका हुन् । सो क्रममा एमालेबाट गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री बन्ने टुंगो लागेका
छ ।
यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए ।
गण्डकीमा ९ वटा मन्त्रालय छन्। जेनजी आन्दोलनपछि डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नेसपाबाट ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका फणीन्द्र देवकोटाले राजीनामा दिएपछि सो मन्त्रालय मुख्यमन्त्री स्वयंले राखेका छन्।
कांग्रेसका तर्फबाट मन्त्रिपरिषद्मा आर्थिक मामिलामन्त्रीमा डा. टकराज गुरुङ,सामाजिक विकास,युवा तथा खेलकुदमन्त्रीमा विन्दुकुमार थापा, वन तथा वातावरण मन्त्रालयमा भेषबहादुर थापा मन्त्री छन्।































प्रतिक्रिया