मन्त्री नपाएपछि गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

मन्त्री नपाएपछि गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कांग्रेसका गण्डकी प्रदेश प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले सांसद पदबाट राजीनामा दिएका छन्।

आजै गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । मन्त्रिपरिषद्‌मा मन्त्री पद नपाएपछि उनले पदबाट राजीनामा दिएका हुन् । उनी बागलुङ जिल्ला क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। उनले आफ्नो राजीनामा माघ २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गरेका छन्। नेपाली कांग्रेसका सभापती गगन थापा, नेपाली कांग्रेसका गण्डकी प्रदेश प्रदेशसभा संसदिय दलको नेतालाई उनले आफ्नो राजीनामाको वोद्यार्थ पठाएको पत्रमा उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा उनले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचना समेत गरेका छन्।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई बुधबार मध्याह्न सपथ ग्रहण गराएका छन् । गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकार छ। मुख्यमन्त्री एवं कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीबीच मन्त्रिपरिषद हेरफेर गर्ने सहमति भएसँगै आज नयाँ मन्त्रीहरू नियुक्त भएका हुन्।

Skip This
Skip This
Logo