एक्लिदै देउवा ! कारणसहित हेर्नुहोस् विस्तृतमा

एक्लिदै देउवा ! कारणसहित हेर्नुहोस् विस्तृतमा

केन्द्रबिन्दु
0
Shares

पंकज धामी |

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेसभित्र फरक–फरक धारणा सुनिन थालेका छन् । धिमे गतिमा नै सही, नेताहरुले नेतृत्व परिवर्तनको आवाज उठाउन थालेका छन् । यद्यपी पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरु भने कोही बचाउमा र केही मौन नै बसेका छन् ।

केही दिन अघि ७ लोकप्रिय युवाहरुको समूहले देउवालाई ज्ञापन पत्र बुझाएर केन्द्रीय समितिको बैठक डाक्न दवाव दिए । स्रोत भन्छ, – ‘७ भाइ समूहमा नेतृत्व युवाहरुले पाउनु पर्ने माग उठेको थियो ।’ सोही अनुसार ७ भाइ समूहले विशेष महाधिवेशन बोलाउन नेतृत्वलाई दबाव दिने बुझिएको थियो । तर त्यो विषयमा विश्वप्रकाश शर्मा (नयाँ प्रवक्ता)ले फरक मत राखेका कारण उनीहरु केन्द्रीय कार्यसमिति बैठक बोलाउनुपर्ने मागमा सीमित भए ।

यी हुन् कारण

पार्टी सभापति शेरबहादुर देउवासँग असहमत प्रभावशाली नेताहरुको सम्बन्धमा एकाएक सुधार भएका समाचार आउन थालेका छन् । यसको पछिल्लो कडीका रुपमा कोइराला परिवारका तीन नेताहरु महामन्त्री शशांक र केन्द्रीय सदस्यद्धय सुजाता र शेखरवीचको ‘लञ्च’ कार्यक्रम हो । त्यसैगरी युवाहरुको समूह–समूह गठन हुनुले पनि शेरबहादुर देउवा एक्लो हुँदै गएको अनुमान लगाउन सकिन्छ ।

केही दिन अघि ७ भाइ समूहले लिएको ‘एक्सन’ले पनि देउवा एक्लिदै गएको पुष्टी गर्छ, भलै ७ भाइ समूहबाट विश्वप्रकाश शर्मा अनौपचारिक रुपमा अलग भएपनि । शर्मा वाहेकका ६ भाइ को भेटघाट नरोकिएपछि त्यसले भिन्नखाले तरंग सृजना गरिरहेको छ, पार्टीभित्र । यति मात्रै होइन्, केही महासमिति सदस्यहरुले मंगलबार मात्रै एक समूह बनाएर कांग्रेसभित्र अर्को तरंग ल्याएका छन् ।

१. सुशील कोइरालाको निधन पछि १३ औँ महाधिवेशनसम्म एकअर्कालाई मान्न तयार नरहेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी निर्वाचन परिणाम पछि नजिकिन थालेका छन् । नेता अर्जुननरसिंह केसीका अनुसार अहिलेको नेतृत्वले पार्टीलाई अगाडी बढाउन नसकिने निष्कर्षमा उनीहरु पुगेका छन् । उनका अनुसार ‘पार्टी नेतृत्व अहिले जसरी चलेको छ, त्यसरी अब पार्टी अघि जान सक्दैन ।’

२. रामचन्द्र पौडेल समूहले संसदीय समिति र कार्यसम्पादन समिति विधान विपरीत भएको भन्दै तत्काल भङ्ग गर्न माग गरेको छ । अर्जुननरसिंह केसी पौडेल समूहको यस प्रस्तावमा सहमत छन् ।

३. यही साता कोइराला परिवारका ३ नेताहरुको पारिवारिक छलफल पनि सम्पन्न भएको छ । मंगलबार मात्रै कोइराला परिवारको बैठक बसेको थियो । कांग्रेसको बिहीबारको बैठकमा कोइराला परिवारको भूमिकाले पनि ठूलै अर्थ राख्ने नेताहरु बताउँछन् । चुनाव जितेको र महामन्त्री पनि भएकाले अहिले कोइराला परिवारको मूख्य नेताका रुपमा शशांक कोइरालालाई लिने गरिएको छ । उनी रामचन्द्र पौडेल समूहबाट महामन्त्री भएका हुन् ।

४. चुनावमा नराम्रो हार व्यहोरेको केही समयपछि गगन थापा, गुरु घिमिरे, धनराज गुरुङसहित सात युवा नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै केन्द्रीय समिति बोलाउन माग गरेका थिए । ७ भाइबाट छुटाएर देउवाले विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएपनि ६ भाइको एकता भने कायम छ ।

 

Skip This
Logo