काठमाडौं । सत्तारुढ दल रास्वपाले पार्टीका मन्त्री र सांसदसँग लेबी संकलन गर्ने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेबी प्रस्ताव पारित गरेको हो । प्रस्तावअनुसार सांसदले १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी बुझाउनुपर्नेछ ।
साथै मन्त्रीका स्वकीयले २ हजार रुपैयाँ लेबी बुझाउनु निर्णय गरेको छ । अहिले सांसदले स्वकीय राख्ने निर्णय भइसकेको छैन । रास्वपाका १८२ सांसद छन् ।































प्रतिक्रिया