सभापति चयन भएपछि ढकाल भन्छन्- समितिमा दलभन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

सभापति चयन भएपछि ढकाल भन्छन्- समितिमा दलभन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार बसेको समितिको बैठकले सांसद ढकाललाई सभापतिमा चयन गरेको हो । सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले समितिभित्र स्वभावमा काम गर्ने तथा प्रभावमा काम नगर्ने बताए ।

उनले समिति र सदन फरक भएकाले समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु हुने बताए ।

उनले भने, ‘समितिभित्र स्वभावमा काम गर्ने प्रभावमा काम नगर्ने हो । समिति र सदन अलि फरक होला । सदनमा दलिय कुराहरु दलगत हिसावमा बहस होला । तर समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु हुने गर्छ । त्यो अभ्यासलाई मान्यज्यूहरुको सिर्जनात्मक सुझावहरु र खबरदारीहरुलाई ग्रहण गर्ने । मेरो ३१ महिनाको अनुभव पनि छ । ति अनुभवहरुलाई पुरस्कृत गरेर लैजाने छु । यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु ।’

Skip This
Skip This
Logo