काठमाडौं, ३, माघ
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न संवैधानिक कठिनाइ परेको भन्दै बाधा अड्काउ फुकाउ आदेशका लागि गरेको प्रस्ताव वाम गठबन्धनले ठाडै अस्विकार गरेको छ । "/>

बाधा अड्काउ फुकाउने आयोगको प्रस्ताव एमालेद्धारा ठाडै अस्वीकार

बाधा अड्काउ फुकाउने आयोगको प्रस्ताव एमालेद्धारा ठाडै अस्वीकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३, माघ
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न संवैधानिक कठिनाइ परेको भन्दै बाधा अड्काउ फुकाउ आदेशका लागि गरेको प्रस्ताव वाम गठबन्धनले ठाडै अस्विकार गरेको छ । प्रतिनिधिसभाको नतिजा रोकेको ४० दिनपछि आयोगले बाधा अड्काउ फुकाउको प्रस्ताव दलहरू समक्ष गरेको हो।

आयोगले संविधानको धारा ८४ (८) ले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा प्रकाशित गर्न संवैधानिक अप्ठ्यारो परेको भन्दै बाधा अड्काउ फुकाउको प्रस्ताव गरेको हो । ५ दलसँग मंगलबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बाधा अड्काउ फुकाउ आदेशको प्रस्ताव गरेका हुन् । ‘दलहरू र सरकार मिले बाधा अड्काउ फुकाउन सकिन्छ, प्रमुख आयुक्त यादवको भनार्इ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यस्तो आदेश भयो भने आयोगले नतिजा सार्वजनिक गर्न मिल्छ ।

सरकारले राष्ट्रियसभाको निर्वाचन गराउन आवश्यक पहल नगरेको, प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारले ढिलाइ गरेको भन्दै आयोगले बाधा अड्काउ फुकाएर अघि बढ्न सकिने प्रस्ताव गरेको थियो । तर बैठकमा सहभागी एमाले नेता एवं पूर्वसभामुख सुवास नेम्बाङ र अग्नि खरेलले प्रमुख आयुक्त यादवको प्रस्ताव ठाडै अस्विकार गरेका थिए। ‘संविधानमा स्पष्ट व्यवस्था भएको विषयमा के को बाधा अड्काउ ? कहाँबाट, कसको प्रस्ताव हो ?, नेम्बाङले प्रश्न गरेपछि प्रमुख आयुक्त यादवले विषय मोड्न खोजेका थिए। ‘बाधा अड्काउ फुकाउको पनि चर्चा छ । यो विकल्पमा पनि जान सकिन्छ कि भन्ने प्रस्ताव हो, यादवले भनेका थिए ।

समानुपातिकको नतिजा रोक्दा सरकार गठनमा विलम्ब भइरहेको भन्दै एमाले आयोगप्रति असन्तुष्ट छ । ‘पहिलो पटकलाई प्रतिनिधिसभा र राष्ट्रियसभा जोडिए पनि यस भन्दा पछिका कुनै पनि चुनावमा यी दुई सभाको भेट नहुने देखेर आयोगका तर्फबाट बाधा अडकाउ फुकाउको प्रस्ताव गरिएको हो, आयोगका एक जना आयुक्तले भने, ‘यसका लागि दलहरू र सरकार बीच सहमति भयो भने आयोग अघि बढ्न तयार छ भन्ने हाम्रो भनार्इ हो।
अन्नपूर्णबाट

Logo