भूपदेव शाह बने रास्वपाको महामन्त्री

भूपदेव शाह बने रास्वपाको महामन्त्री

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको हो । शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए ।

काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए । यसअघि भएको सहमतिअनुसार सुनिल लम्साल महामन्त्री र भूपदेव सहमहामन्त्री थिए। तर लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहलाई नै महामन्त्री बनाइएको हो ।

Logo