काठमाडौं। गृहमन्त्री सुधन गुरुङले गृहसचिव, नेपाल प्रहरीका आईजीपी र काठमाडौँका सीडीओसहित उच्च सुरक्षा अधिकारीहरूसँग करिब पाँच घण्टा लामो छलफल गरेपछि त्यसले राजनीतिक र सुरक्षा वृत्तमा चासो बढाएको छ।
साँझ ६ बजेदेखि सुरु भएर राति करिब ११ बजेसम्म चलेको उक्त बैठकको एजेन्डा सार्वजनिक नगरिँदा विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। विशेषगरी, बैठकपछि ‘ठूला माछा समात्ने’ विषयमा सोधिएको प्रश्नमा गृहमन्त्रीले ‘पछि भनौँला’ भन्ने जवाफ दिनुले सम्भावित ठूला कारबाही वा अपरेशनको संकेतका रूपमा व्याख्या हुन थालेको छ। यहीबीच छलफल चलिरहँदा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी गृहमन्त्रालय पुगेका थिए, जसले घटनालाई थप रोचक बनाएको छ।
यद्यपि उनले आफू गोरखाको एक व्यक्तिको समस्या लिएर काठमाडौँका सीडीओलाई भेट्न आएको र गृहमन्त्री व्यस्त भएकाले भेट नगरेको स्पष्ट पारेका छन्। तथापि, संवेदनशील समयमा भएको उनको उपस्थिति र लामो समयसम्म गोप्य राखिएको छलफलले यस घटनालाई सामान्य प्रशासनिक गतिविधिभन्दा पर रहेको संकेत दिएको भन्दै चर्चा भइरहेका छन्।





























प्रतिक्रिया