नागरिकका माग बेवास्ता गरिए सरकारविरुद्ध सशक्त आन्दोलनमा जान्छौं : सभापति थापा

नागरिकका माग बेवास्ता गरिए सरकारविरुद्ध सशक्त आन्दोलनमा जान्छौं : सभापति थापा

केन्द्रबिन्दु
18
Shares

विराटनगर। नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकका माग बेवास्ता गरिए सरकारविरुद्ध सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारसँग बोल्दै उनले भदौ २४ को घटनामा निष्पक्ष छानबिन नभएको आरोप लगाए। सरकार कानुन मिच्दै निर्णय गरिरहेको भन्दै उनले असन्तुष्टि जनाए।

थापाले जनहितका मुद्दामा कांग्रेस पछि नहट्ने बताए। सरकारका सकारात्मक काममा साथ दिने तर कमजोरीमा कडा प्रतिवाद गर्ने उनको भनाइ छ।

Logo