काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित आरोपपत्र संशोधनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइ आज सर्वोच्च अदालतमा स्थगित भएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि पूर्ण इजलासमा पेसी तोकिएको भए पनि सरकारी वकिलको आग्रहमा प्रक्रिया अघि बढ्न नसकेको हो ।
यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले ‘थप प्रमाण’को व्याख्या र जिल्ला अदालतको क्षेत्राधिकारसम्बन्धी कानुनी जटिलताका कारण मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । उक्त मुद्दामा आरोपपत्र संशोधन गर्न मिल्ने आधार र अधिकार क्षेत्रबारे स्पष्ट कानुनी व्याख्या आवश्यक रहेको उल्लेख गरिएको छ ।





























प्रतिक्रिया