काठमाडौँ । सुकुमबासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि काठमाडौँ प्रशासनले सुरक्षा निकायसँग समन्वय थालेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा जारी छ ।
बैठकमा काठमाडौँका सुरक्षा प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका प्रतिनिधिहरू सहभागी छन् । प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूलाई बोलाएर थापाथली क्षेत्रको सुकुमबासी बस्ती आगामी शनिबार वा आइतबारभित्र खाली गर्न निर्देशन दिएको भोलिपल्टै प्रशासनले बैठक बोलाएको हो ।
बैठकमा बस्ती खाली गर्ने सम्भावित कार्ययोजना, सुरक्षा व्यवस्थापन र कार्यान्वयन मोडालिटीबारे छलफल भइरहेको सुरक्षा निकायले जनाएको छ । प्रशासनका अनुसार आवश्यक निर्णयपछि मात्र आगामी कदम अघि बढाइनेछ ।





























प्रतिक्रिया