‘रुल अफ ल’ र ‘रुल बाई ल’बीच फरक छ : ओमप्रकाश अर्याल

‘रुल अफ ल’ र ‘रुल बाई ल’बीच फरक छ : ओमप्रकाश अर्याल

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई सचेत गराएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अर्यालले ‘रुल अफ ल’ र ‘रुल बाई ल’ बीच तात्त्विक फरक रहेको उल्लेख गरेका छन् । उनले सुशासनको आधार मजबुत बनाउन ‘रुल अफ ल’को जगेर्ना गर्नुपर्ने बताएका छन् ।

अर्यालले कानूनको शासनलाई मजबुत बनाउँदै सही दिशा र तत्त्वबोध आवश्यक रहेको टिप्पणी गरेका छन् ।

पछिल्लो समय सरकारले सुकुम्वासी बस्ती हटाउने, पुराना फाइलहरू खोल्ने र दोषीमाथि कारबाही गर्ने जस्ता कदम तीव्र बनाइरहेका बेला त्यसको समर्थन र आलोचना दुवै भइरहेको छ ।

Skip This
Skip This
Logo