काठमाडौं, २९, पुस
वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। "/>

बामगठबन्धनबाट मुख्यमन्त्रीमा कहाँबाट कसको दाबी ?

बामगठबन्धनबाट मुख्यमन्त्रीमा कहाँबाट कसको दाबी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २९, पुस
वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका चार आधारमा सिट बाँडफाँड गर्न लागेको हो। एमाले नेता सुवास नेम्वाङको अध्यक्षतामा शुक्रबार बसेको कार्यदल बैठकले प्रदेश सरकार, प्रदेश सभामुख र राष्ट्रियसभा निर्वाचनका लागि सिट संख्या बाँडफाँडको गृहकार्य गर्ने सहमति गरेको हो। राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयन तोकिएको छ । निर्वाचन आयोगले प्रदेशको समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेपछि प्रदेश सरकार गठन (मुख्यमन्त्री र मन्त्री) र सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा ६० र ४० प्रतिशत उम्मेदवार लिएर चुनावमा भाग लिएका एमाले र माओवादीले ७० र ३० प्रतिशत जित हासिल गरेका थिए । राष्ट्रियसभा निर्वाचनमा पनि ६० र ४० कै भागबण्डा गर्ने बारे एमाले र माओवादी नेताबीच अनौपचारिक कुराकानी भए पनि एकताको भावना अनुसार अघि बढ्ने कुरालाई कार्यदलले जोड दिएको छ। ‘चारवटा आधारमा रहेर बाँडफाँड हुन्छ, नेम्वाङले भने, ‘हामी एक पार्टी हुँदैछौं भन्ने भावनालाई महत्व दिइनेछ।

बामगठबन्धनबाट मुख्यमन्त्रीमा कहाँबाट कसको दाबी ?

प्रदेश १ मा एमालेका शेरधन राईको चर्चा छ । प्रदेश २ मा मधेस केन्द्रित दलसँग मिलेर सरकार बनाउने योजनामा वाम गठबन्धन छ । प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, काठमाडौंका पूर्वमेयर केशव स्थापितको चर्चा छ। प्रदेश ४ मा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङले मुख्यमन्त्री दाबी गरेका छन् । प्रदेश ५ मा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने सहमति चुनाव अघि नै भइसकेको एमालेको दाबी छ।

प्रदेश ६ मा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही र नरेश भण्डारीले दाबी गरेका छन् तर एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र पूर्वमन्त्री यामलाल कँडेलले पनि दाबी छाडेका छैनन्। प्रदेश ७ मा एमाले र माओवादी केन्द्रका स्थापित नेता प्रदेशसभा सांसद नभएकाले धेरैको दाबी छ। एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा, कैलाली अध्यक्ष दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी गरेका छन। माओवादी केन्द्रका वीरमान चौधरी, झपट बोहरा र अक्कल रावलले पनि ७ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि दाबी गरेका छन्।
अन्नपूर्णबाट

Skip This
Logo