काठमाडौं, २९, पुस
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बाहिरिदै गर्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवालाई चार आरोप लगाएका छन् । "/>

देउवालाई प्रचण्डका चार आरोपः के छन् आरोपमा ?

देउवालाई प्रचण्डका चार आरोपः के छन् आरोपमा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २९, पुस
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बाहिरिदै गर्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवालाई चार आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई सरकारबाट बाहिरिदै गर्दा बुझाएको पत्रमा यस्ता आरोप लगाएका हुन् । निर्वाचन सम्पन्न भएर ताजा जनादेश समेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाट नयाँ जनादेश अनुरुप सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको पहिलो आरोप प्रचण्डले देउवालाई लगाएका छन्।

पत्रमा प्रधानमन्त्री देउवालाई नयाँ सरकार गठनको लागि अविलम्ब पहल गर्नु पर्ने त्यसमा ठोस कदम नचाली ढिलासुस्ती गरेको भन्दै आलोचना समेत गरिएको छ । देउवा सरकारले राजस्व दुरुपयोग गरेको, काम चलाउनु सरकारले गर्न नमिल्ने नियुक्ति लगायतका अतिरिक्त निर्णय गरेको आरोप राजीनामा पत्रमा रहेको छ । सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजिकरणको लोकतान्त्रिक भूमिका निर्वाह गर्ने अपेक्षा माओवादीले गरेको छ।
यस्ता छन् :देउवामाथि प्रचण्डका चार आरोप :
-जनादेशको सम्मान नगरेको,
-सरकार छाड्न ढिला सुस्ती गरेको, 
-राजश्वको व्यापक दुरुपयोग गरेको, 
-काम चलाउ सकारले दीर्घकालीन निर्णय गरेको

अन्नपूर्णबाट

Skip This
Logo