राष्ट्रिय सभा उम्मेदवार हुन यस्तो छ, एमालेको ६ बुँदे मापदण्ड (बिज्ञप्ती सहित)

राष्ट्रिय सभा उम्मेदवार हुन यस्तो छ, एमालेको ६ बुँदे मापदण्ड (बिज्ञप्ती सहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४९ औं बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तयार गरेको छ । महासचिव ईश्वर पोखरेलको अध्यक्षता तथा कार्यबाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले उम्मेदवारको मापदण्ड तयार गरेको हो ।

पार्टी सचिव प्रदीप ज्ञवालीद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्ती अनुसार पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका, भौगोलिक र सामाजिक सन्तुलन, स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका तथा विभिन्न विषयका विज्ञ तथा विशेषज्ञ हुनुपर्ने एमालेले तय गरेको मापदण्ड हो ।

प्रेस बिज्ञप्ती

Skip This
Logo