केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २८ पुस ।  प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनको गृहकार्य गर्न गठित वाम गठबन्धनको कार्यदलले सिट बाँडफाँटका लागि ४ आधार तय गरेको छ । "/>

सिट बाँडफाँड गर्न वाम गठबन्धनले बनायो यस्तो ४ आधार

सिट बाँडफाँड गर्न वाम गठबन्धनले बनायो यस्तो ४ आधार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २८ पुस । प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनको गृहकार्य गर्न गठित वाम गठबन्धनको कार्यदलले सिट बाँडफाँटका लागि ४ आधार तय गरेको छ । शुक्रबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकले सिट बाँडफाँड गर्न ४ प्रारम्भिक आधार तय गरेको हो ।

प्रदेशगत रुपमा पार्टीको शक्ति, पार्टी एकताको भावना, सम्बन्धित पदको लागि व्यक्तिको योग्यता र सन्तुलनलाई मुख्य आधार बनाइ सिट बाँडफाँड गर्न लागिएको हो । कार्यदलको संयोजन गरिरहेका एमाले नेता सुवास नेम्वाङले स्थानीय तह र प्रदेशसभा चुनावको नतिजालाई पनि आधार बनाइने बताए । कुन प्रदेशमा एमाले र माओवादीका कति मतदाता छन् भन्ने निर्क्यौल गरि उम्मेदवार तय गर्ने तयारी भैरहेको छ ।

कार्यदलले मुख्यमन्त्री, सभामुख बाँडफाँटमा पनि बिभिन्न आधार तय गर्ने जनाएको छ ।

Skip This
Logo