डोनाल्ड ट्रम्पले आयोजना गरेको कार्यक्रममा गोली चल्यो

डोनाल्ड ट्रम्पले आयोजना गरेको कार्यक्रममा गोली चल्यो

केन्द्रबिन्दु
21
Shares

काठमाण्डौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको एक कार्यक्रममा गोली चलेको आवाज सुनिएको छ ।

वाशिङ्टन हिल्टनमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प कुराकानीको बीचमै रहेका बेला ह्वाइट हाउसको टेबलतर्फ हलचल भएपछि स्थिति अचानक तनावपूर्ण बनेको थियो।

ठूला आवाजहरू सुनिएपछि सिक्रेट सर्भिसका सदस्यहरूले “तल बस्नुहोस्, तल बस्नुहोस्” भन्दै राष्ट्रपतिलाई तत्काल कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए।

ट्रम्पलाई कार्यक्रम स्थलमा गोली चलेको आशंका भएपछि ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरबाट सुरक्षाकर्मीहरूले सुरक्षित स्थानतर्फ लगिएको छ ।

डोनाल्ड ट्रम्प सुरक्षित छन् भने अन्य दुई स्रोतहरूले उपराष्ट्रपति भान्स पनि डिनर स्थलबाट सुरक्षित रूपमा बाहिरिएको सीएनएनले बताएको छ ।

Logo